दफा १४०
जाँचबुझ आयोग गठन गर्न सक्ने
(१) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्ति समेत संलग्न भएको कुनै सार्वजनिक सरोकारका विषयमा जाँचबुझ गरी प्रतिवेदन पेश
गर्न नेपाल सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम जाँचबुझ आयोग गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने जाँचबुझ आयोगको काम, कर्तव्य र अधिकार तथा अन्य व्यवस्था सोही ऐनमा लेखिए बमोजिम हुनेछ ।